Sbs Nepali -
सिड्नीमा एक नेपालीको मोबाईल पसलमा भएको कथित चोरीको घटना बारे प्रहरीद्वारा छानबिन शुरू
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:10:07
- Mas informaciones
Informações:
Sinopsis
दक्षिणी सिड्नीको हर्स्टभिलमा रहेको एक नेपाली मोबाइल पसलमा चोरी भएको छ। मङ्गलवार, ८ जुलाई बिहानको करिब ३:१५ देखि ४:०० बजे भित्रको समयमा कथित रूपमा ‘ब्रेक, एन्टर एन्ड स्टीइल’ सम्बन्धी एक घटनाको जानकारी आफूहरूले सोही दिन बिहान १०:३० को आसपास पाएपछि अनुसन्धान सुरु गरिएको न्यु साउथ वेल्स पुलिसका एक प्रवक्ताले एसबीएस नेपालीलाई बताएका छन् भने पसलका सञ्चालक रामचन्द्र गौतमले भने तीन हप्ता अघि मात्र खोलिएको आफ्नो उक्त पसलबाट कथित रूपमा साइकलमा आएका एक व्यक्तिले दुई सय नगद र ग्राहकका केही थान मोबाइल, एप्पल वच, इयरफोन लगायतका ९ देखि १० हजार अस्ट्रेलियन डलरको सामान लगेको दाबी गरेका छन्। सेन्ट जोर्ज पुलिस एरिया कमान्डका अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेकाले र कसैसँग थप जानकारी भए सेन्ट जोर्ज पुलिस वा क्राइमस्टपर्सलाई १८०० ३३३ ००० मा खबर गर्न प्रहरीले भनेको छ।